काठमाडौं, असोज ११ । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ सय ५८ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ३३ जना भेन्टिलेटरमा र २२५ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन् ।
आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२२ जना आइसियू र २६ जना भेन्टिलेटर, प्रदेश ५ मा ४४ जना आइसियू र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा १४ जना आइसियू र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै प्रदेश २ मा २१, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १८ आइसियूमा उपचाररत रहेका छन्।
Facebook Comments


























