दाङ, असोज ११ । तुलसीपुर उपमहानगरपालिका-६ भुईयारथान बस्ने कुमार सुनारको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-६ बस्ने २८ वर्षीय रोशन बुढाथोकी सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
तास खलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार ९५० रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो। उनीहरूबारे थप अनुसन्धान र कारबाही थालिएको प्रहरीले जनाएको छ।
Facebook Comments


























