चीन, असोज ११ । चीनको एक कोइला खानीमा च्यापिएर कम्तीमा १६ जना मजदुरको ज्यान गएको छ। दक्षिणपश्चिमी चीनको एक खानीमा सो दुर्घटना भएको बताइएको छ।
चिनियाँ सरकारी टिभी सीसीटीभीका अनुसार सो खानीमा कार्बन मोनोअक्साइड ग्याँस विस्फोट भएको र जसका कारण ती मजदुरहरूको भाग्न नसकेर च्यापिएर मृत्यु भएको हो।
आज बिहान भएको दुर्घटनामा अरु पनि मजदुर च्यापिएको अनुमान छ। स्वास्थ्यकर्मी तथा औषधिसहितको टोली दुर्घटनास्थलमा पुगेको छ। एकजनालाई उद्धार गरेर बाहिर निकालिएको थियो। चीनमा खानी दुर्घटनामा परी वर्षेनी ठूलो संख्यामा मजदुरहरूले ज्यान गुमाइरहेका छन्। रासस/एएफपी
Facebook Comments


























