डूंगपुर, असोज ११ । भारतको राजस्थानस्थित डूंगपुरमा शिक्षक भर्ती २०१८ मा टीएसपी क्षेत्रको अनारक्षित ११६७ पद एसटी अभ्यर्थिहरुबाट भर्ती गर्न माग गर्दै भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ। प्रदर्शनले अब हिंसात्मक बन्दै गएको छ।आज भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु भएको हो।
प्रदर्शनले हिंसाको रुप लिँदै गएपछि प्रहरीले फायरिङ गरेको थियो जसमा एक जना प्रदर्शनकारीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।अहिले त्यहाँको रोड ब्लक गरेर प्रदर्शनकारीहरु प्रदर्शन गरिरहेका छन्। एजेन्सी
Facebook Comments


























