चितवन, असोज १० । चितवनमा थप ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ७ पुरुष र १ महिला गरि ८ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमण देखिनेमा भरतपुर महानगरपालिका–३ का ८४ वर्षीय पुरुष, राप्ती–२, ६ र ४ का १८ देखि ६४ वर्ष उमेर समूहका ४ जना पुरुष र ६२ वर्षीया एक महिला, रत्ननगर नगरपालिका–३, १४ का ३२ र ६४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ।
Facebook Comments


























