काठमाडौं, असोज ९ । पछिल्लो केही दिन यता निरन्तर रुपमा ओरालो लागेको सुनको भाउ शुक्रबार भने बढेको छ। शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।
यसदिन चाँदीको भाउ पनि प्रतितोला ११ सय ६० रुपैयाँ कायम भएको छ। यसअघि, बिहीबार छापावाल सुनको भाउ तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ६ सय रुपैयाँ र चाँदी तोलाको ११ सय ६० रुपैयाँ कायम भएको थियो।
Facebook Comments


























