असोज ५ । भारतको महाराष्ट्रस्थित भिवण्डीमा तीन तले भवन भत्किँदा ८ जनाको मृत्यु भएको छ। समाचार एजेन्सी एएनआईका अनुसार स्थानीय बासिन्दाले २० जनाको जीवितै उद्धार गरेका छन्। यस्तै ठाणे नगर निमगले भवनमा रहेका अरु पाँच जनालाई पनि निकालिएको जनाएका छन्।
भत्केको भवनभित्र अझै २० देखि २५ जना फसेको हुन सक्ने अनुमान गरिएको छ। अहिले उद्धारको काम जारी रहेको छ। एजेन्सी
Facebook Comments


























