चितवन, असोज १ । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ। इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो स्थानमा आज बिहान साढे ४ बजे पहिरो खसेको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाइएसँगै बिहान ८ बजेर ४० मिनेटमा सडक दुईतर्फी सञ्चालमा ल्याइएको हो। सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी साधनह गन्तव्यतर्फ लागेका छन्। सो सडकमा सोमबार रातिदेखि पटकपटक पहिरो खस्दै आएको छ। रासस
Facebook Comments


























