मुम्बई, भदौ ३१ । सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणपछि बलिउडमा चलेको नेपोटिज्मको बहसले धेरै कलाकारको विरोध भयो।
अझै पनि यो बहस सकिएको छैन। बरु सुशान्तको केश ड्रग्स र उनकी प्रेमिका रियातर्फ सोझिएको छ।
नेपोटिज्म बहसले निम्त्याएको माहोलका कारण आलियाको पछिल्लो फिल्म ‘सडक २’ ले घाटा बेहोर्नुपरेको थियो। सुशान्तका फ्यानलाई अझै पनि आलियाप्रति रिस उठेको छ।
किनकि, उनी बलिउडमा नातावादका कारण चलेको आरोप लगाइएको छ।
हालै आलियाले तस्वीर शेयरिङ साइट इन्स्टाग्राममा एक तस्वीर अपलोड गरिन्। उक्त तस्वीरमा प्रयोगकर्ताले नकारात्मक प्रतिक्रिया गरेका छन्।
आफू ट्रोल भइरहेका बेला आलियाले सुन्दर तस्वीर शेयर गर्दै लेखिन् – तर म अघि बढिरहनेछु, रोकिने छैन।
यो तस्वीरमा १४ हजारभन्दा बढीले प्रतिक्रिया दिएका छन्। तीमध्ये केही प्रतिक्रिया राम्रो भन्दै आइरहेका छन् भने धेरै प्रतिक्रियामा उनलाई गालीको वर्षा भएको छ।
एक प्रयोगकर्ताले लेखेका छन् – दिदी तपाईंको अर्को फिल्म कहिले आउँछ ? उसलाई डिसलाइक गर्न छ।
‘इन्स्टाग्राममा एक चप्पल बटन पनि हुनुपर्छ,’ अर्का एक प्रयोगकर्ताले लेखेका छन्।
हालै आलियाको फिल्म ‘सडक २’ रिलिज भएको थियो। उक्त फिल्मको ट्रेलरमै दर्शकले लाइकभन्दा बढी डिसलाइक गरेका थिए। फिल्मले समीक्षा पनि राम्रो पाएन। एजेन्सी


























