काठमाडौं, भदौ, ३१ । सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ।
सिन्धुपाल्चोक तथा काठमाण्डौ उपत्यका सहित आसपासका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर १९ मिनेटमा राम्चे केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
भूकम्पको धक्कापछि नागरिक घरबाहिर निस्केका थिए। २०७२ सालको विनाशकारी भूकम्पले पनि सिन्धुपाल्चोकमा सबैभन्दा धेरै क्षति गरेको थियो। भूकम्पकै कारण जमिनमा धाँजा फाटेपछि सिन्धुपाल्चोकमा यो वर्षको मनसुनमा बाढी पहिरोले सबैभन्दा धेरै क्षति गरेको छ।
भूकम्पपछि परकम्प जान छाडेको छैन। यो पनि २०७२ सालकै भूकम्पको पराकम्प भएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी जानकारी दिए।
Facebook Comments


























