देवघाट, भदौ २८ । तनहुँ देवघाट गाउँपालिका स्तरीय देवघाट युवा तथा खेलकुद समितिले देवघाट गाउँपालिकामा नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटालाई स्वागत गरेको छ। समितिले आज देवघाटमा एक कार्यक्रमको आयोजना गरि नवनियुक्त प्रमुख प्रशासकिय अधिकृत सापकोटालाई स्वागत गरेको हो।
स्वागत कार्यक्रममा देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष शुकु गुरुङको नेतृत्वमा खादा लगाई स्वागत गरिएको थियो। कार्यक्रममा देवघाट गाउँपालिकाका लेखा अधिकृत उमानाथ ढकाल,देवघाट गाउँपालिकाका योजना साखा अधिकृत रामप्रसाद सापकोटा, देवघाट उद्योग वाणिज्य संघका अध्यक्ष रोसन श्रेष्ठ, देवघाट युवा तथा खेलकुद समितीका उपाध्यक्ष सान श्रेष्ठ, सचीव अमृत सुवेदी, कोषाध्यक्ष आशिक राना, सदस्य प्रशन्न ढकाल लगाएको उपस्थित रहेको थियो।

Facebook Comments

























