स्याङ्जा, भदौ २८ । प्रहरीले स्याङ्जाको पुतलीबजारबाट बाघको हड्डीसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी राजेन्द्रप्रसाद अधिकारीका अनुसार पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१३ आहालेका केहरसिंह नेपाली छन्।
बाघको जस्तो देखिने हड्डी लुकाईछिपाई राखेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले नेपालीको घरमा छापा मार्दा ८१ थाना हड्डी सहित उनलाई पक्राउ गरेको हो।
अहिले प्रहरीले हड्डीहरु सहित उनलाई डिभिजन वन कार्यालयमा आवश्यक कारबाहीका लागि पठाइएको जनाएको छ।
Facebook Comments


























