भदौ २८ । सन् २०१८ मा विश्वभर ‘मि टू’ अभियान चल्यो। सो समयमा आफूमाथि भएको यौन उत्पिडनको घटनालाई धेरै कलाकारले बाहिर ल्याए। बलिउडका केही नाम चलेका कलाकारमाथि महिला कलाकारहरुले यौन उत्पिडनको आरोप लगाएका थिए।
सो समयमा बलिउड निर्देशक साजिद खानमाथि ४ जना मोडलले यौन उत्पिडनको आरोप लगाएका थिए। अब, मोडल डिम्पल पालले साजिदमाथि यौन उत्पिडनको आरोप लगाएकी छिन्। दुई बर्ष अगाडि ‘मि टू’ अभियान चलेको समयमा आफूले मुख खोल्न नसकेको डिम्पलको तर्क छ। उनले, बलिउडकर्मीको परिवार भन्दा बाहिरबाट आउँदा परिवार पाल्नका लागि आफैले काम गर्नुपर्ने भएकाले पनि हिम्मत नआउने उनको भनाई छ। एजेन्सी
Facebook Comments


























