बाँके, भदौ २८ । नेपालगंज उपमहानगरपालिका–१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा पक्राउ परेका छन्। सोही उपमहानगरपालिका–२० नटनपुरुवा बस्ने नरेश चमार लगायत ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।
श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोलेर खुवाएका थिए। गम्भीर घाइते भएका रैदासको नर्सिंङहोम नेपालगंजमा उपचारको क्रममा उनको मृत्यु भएको थियो। घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments


























