पर्सा, भदौ २८ । प्रहरीले पर्साबाट अबैध रुपमा ओसार पसार गर्दै गरेको कुखुरा सहित दुईजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पर्साको बहुदरमाई नगरपालीका २ बाट भारतको रक्सौलबाट अबैध रुपमा ल्याउँदै गरेको कुखुराको चल्लासहित दुईजनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार, पक्राउ पर्नेमा पर्साका ३० बर्षीय कोलन साहकानु र भारत बिहारका २७ बर्षीय कोनरेश यादब रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तका अनुसार उनिहरुको साथबाट २९ कार्टुन ९२४००० वटा चल्ला बरामद् गरिएको छ।
Facebook Comments


























