काठमाडौं, भदौ २८ । नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर छ। आज सुन ९६ हजार ५ सयमा कारोबार भइरहेको छ।
गत हप्ता आइतबार तोलामा ३ सयले घट्दै सुन ९६ हजार १ सयमा कारोबार भयो। सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको सुन मंगलबार पुनः ३ सयले घटेको थियो।
बुधबार भने एकै दिन ६ सयले बढ्दै सुन ९६ हजार ४ सयमा कारोबार भएको थियो। विहिबार सुन ९६ हजार ८ सयमा कारोबार भयो भने शुक्रबार ९६ हजार ५ सयमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९६ हजार निर्धारण गरिएको छ।
त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला १ हजार ३१० कायम रहेको महासंघले जनाएको छ।
Facebook Comments


























