काठमाडौं, भदौ २७ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ मा ग्यास सिलिन्डर विष्फोट हुँदा एक जना घाइते भएका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार सिलिन्डर विष्फोट हुँदा ४८ वर्षीया मीरा जोशी घाइते भएकी छन्।
एसएसपी ज्ञवालीका अनुसार घाइतेलाई उपचारका लागी कीर्तीपुर अस्पतालमा पठाइएको छ।
स्थानीय पुष्प ओझाको घरको भान्सामा बिहान ६ बजे सिलिन्डिर बिष्फोट भएको थियो। घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको छ।
Facebook Comments


























