भदौ २६ । भारतको वडोदरामा रहेको एक अस्पतालमा रहेको कोभिड–१९ वार्डमा भेन्टिलेटरमा आगो लागेपछि रोगीहरू ज्यान बचाउन भाग्नुपरेको छ।
घटनाको भिडियो फूटेजमा हाजमात सुट लगाएका चारजना चिकित्सकहरूले एक शय्यामा रोगीलाई हेरिरहेको देखिन्छ।
शय्यामा रहेका एक पुरुषलाई कर्मचारीले उठाएर लगेको अनि त्यही बेलामा भेन्टिलेटरबाट धूवाँ निस्किएको देखिन्छ।
भेन्टिलेटरमा समस्या आएको थाहा पाएपछि उनीहरू अनिष्टको आशंका गर्दै रोगीलाई वार्ड बाहिर हतार गरी लग्छन्।
केही सेकेन्डमै भेन्टिलेटरबाट आगोको डल्लो देखिन्छ।
एसएसजी अस्पतालको आईसीयूमा घटना भएको हो।
घटना मंगलवार राति १० बजेतिर भएको हो।
आगो फैलिँदै गएपछि एक वृद्धालाई शय्याबाट उठाइन्छ। अनि कोठा सुन्तला रंगको देखिन्छ।
कोठामा धूवाँ भरिन थालेपछि अस्पतालका कर्मचारीले बाँकी दुई रोगीलाई हतारहतार बाहिर लग्छन्।
आगो निभाइन्छ र वार्डमा धूवाँ भरिएर चिन्नै नसकिने हुन्छ।


























