भदौ २६ । अमेरिकाको ट्वीन टावरमा आतंककारी आक्रमण भएको १९ वर्ष पूरा भएको छ।
सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावरमा आतंककारी आक्रमण भएको थियो।
त्यसपछि अमेरिकाको नेतृत्वमा विश्वका विभिन्न देशमा आतंकवाद विरोधी सैन्य कारबाही सुरु भयो। विश्व राजनीतिमा नाइन–इलेभेनको रुपमा चर्चित भएको घटनाको प्रभाव निकै रह्यो।
अहिले पनि यो घटनाका धेरै कुरामा विश्वका धेरैको चासो छ।
Facebook Comments


























