चितवन, भदाै २६ । भरतपुर अस्पतालकाे काेभिड-१९ प्रयाेगशालाकाे लागि अटाेमेटिक आरएनए एक्सट्र्याक्टर मेसिनबाट पिसिआर परीक्षण थालिएकाे छ। बिहीबार अविनास ग्रुपले नयाँ मेसिन सहयाेग गरेपछि साेही मेसिनबाट परीक्षण थालिएकाे हाे। कोभिड-१९ माहामारीको समयमा दाताहरुले मेसिन सहयाेग गरेर भरतपुर अस्पताललाई ठूलाे सहयाेग मिलेकाे अस्पताल विकास समितिका अध्यक्ष डा भाेजराज अधिकारीले बताए।
नयाँ मेसिनकाे प्रयाेगबाट केही चाँडाे रिपाेर्ट दिन सक्नेछ। हाल सञ्चालनमा रहेकाे मेसिन रामपुर क्याम्पसलाई फिर्ता दिने बेला भइसकेकाे हुँदा प्रयाेगशालाले तीनतहकै सरकारमार्फत अटाेमेटिक मेसिनकाे माग गरिरहेकाे थियाे। साेही क्रममा अविनास ग्रुपका अध्यक्ष गुणचन्द्र विष्टसहितकाे टाेलीले बिहीबार मेसिन उपलब्ध गराएकाे हाे। जनचाहनाअनुसार समयमै रिपाेर्ट दिन सकियाेस् भनेर अटाेमेटिक मेसिनकाे माग गरिएकाे अध्यक्षा डा अधिकारीले बताए।
२०७६ चैत २४ गतेबाट शुरु भएकाे प्रयाेगशालाबाट हालसम्ममा २२ हजारभन्दा बढी नमुनाकाे परीक्षण गराइसकेकाे प्रयाेगशालाकी इञ्चार्ज डा नीतु अधिकारीले जानकारी दिइन्। म्यानुअल पद्धतिबाट नमुना परीक्षण गराउँदै हुँदा समयमै रिपाेर्ट दिन नसकेका कुराहरु बाहिर आए पनि अब केही छिटाे दिन सकिने उनले बताइन्।
अहिले नमुनाकाे चाप पनि कम भएकाे हुँदा पहिलेजस्ताे एक हप्तासम्म कुर्नुपर्ने बाध्यता नरहेकाे उनकाे भनाइ छ। अहिले चितवनमा रत्ननगर बकुलहर अस्पताल, वीपी काेइराला मेमाेरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेज अस्पतालबाट नमुना परीक्षण हुने भएकाेले पनि भरतपुर अस्पतालकाे प्रयाेगशालामा नमुनाकाे चाप कम भएकाे उनले बताइन्।


























