काठमाडौं, भदौ २२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ।
मन्त्रालयका अनुसार यसअघि आइतबार हिजो ७ जनाको मृत्यु भएको थियो। मन्त्रालयका अनुसार मोरङकी ६४ वर्षीया महिला र झापाकी ४५ वर्षीया महिला तथा मोरङका ४५ वर्षीय पुरुष, पर्साका ७७ वर्षीय पुरुष, धनुषाका ३५ वर्षीय पुरुष, चितवनका ७० वर्षीय पुरुष र काठमाडौंका ३ जना ७४, ६८ र ८५ वर्षीय पुरुषको मृत्यु भएको थियो।
Facebook Comments


























