काठमाडौं, भदौ २२ । ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेकामध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
परीक्षण गरिएका १६ मध्ये ६ जनामा संक्रमण पुष्टि भएको हो। उनीहरूलाई ललितपुर प्रहरी परिसरमा राखिएको छ। प्रहरीले उनीहरूमाथि सार्वजनिक शान्ति विरूद्धको कसूरमा अनुसन्धान अघि बढाएको जनाएको छ।
कुटपिट अभियोगमा पक्राउ परेका १९ जनामध्ये तीन जनालाई भने छाडिएको थियो।
Facebook Comments

























