पाल्पा, भदौ २२ । पाल्पा अस्पतालमा उपचाररत बिरामीमा कोरोना पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ।
अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक सेवावाहेक सबै सेवा आइतबार साँझदेखि नै बन्द गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताए।
एक हप्ताअघि अस्पतालमा भर्ना भएकी तानसेन नगरपालिका–११ बस्ने ८२ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
उनी पाल्पा अस्पतालमा कार्यरत कर्मचारीकी आमासमेत हुन्। अस्पतालमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिरामी, बिरामीकी छोरी, कार्यालय सहयोगी, चिकित्सक र कर्मचारीलाई होम क्वारेन्टिनमा राखिएको छ।
Facebook Comments


























