ललितपुर, भदौ २१ । ललितपुरको भैंसेपाटीमा बस्दै आएकी ३९ वर्षीया गीता केसीको हत्या अरोपमा भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेको छ।
हत्यामा संलग्न निर्मललाई केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका निर्मलले अपराध स्वीकारेको ललितपुर प्रहरीले बताएको छ।
ललितपुर प्रहरीका अनुसार केसीको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित पर्ने सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा हत्या गरेर फालिएको अवस्थामा भेटिएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार भतिजा निर्मल र गीताबीच चार वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ।
प्रेम सम्बन्ध स्वीकारेका निर्मल र मृतकबीच आर्थिक लेनदेनको मामला भने अहिलेसम्मको अनुसन्धानबाट नदेखिएको महानगरिय प्रहरी परिसर ललितपुरका प्रमुख टेक प्रसाद राईले जानकारी दिए।
Facebook Comments


























