भदौ २१ । कोरोना भाइरसविरूद्ध चीनले तयार पारेको खोप थप ४ देशमा परीक्षण हुने भएको छ।
चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी) र सिनोव्याक बायोटेक लिमिटेडले शनिबार थप चार देशले कोरोना भ्याक्सिनलाई अन्तिम चरणको क्लिनिकल ट्रायलका लागि अनुमती दिएको बताएका छन्।
सर्बिया र पाकिस्तान ट्रायलको तेस्रो चरणका लागि सहमत हुने देशको सूचीमा समावेश छ भने अन्य दुईले कम्पनीबाट थप डाटा माग गरिएको बीबीसी हिन्दीले जनाएको छ।
सिएनबीजीको तेस्रो चरणको ट्रायलमा १० देशका करिब ५० हजार मानिसहरु समावेश हुने अपेक्षा गरिएको छ।
यसअघि संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टिना र जोर्डनमा यसको ट्रायल सुरु भइसकेको छ। एजेन्सी
Facebook Comments


























