चितवन, भदौ २० । चितवनमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पतालको कोभिड ल्यावमा शुक्रबार राति गरिएको परीक्षणमा चितवनका ७ तथा नवलपुर र रूपन्देहीका एकरएक जनामा संक्रमण पुष्टि भएको हो।
चितवनस्थित भरतपुर अस्पतालको कोभिड ल्यावकी प्रमुख डा। नीतु अधिकारीका अनुसार संक्रमितहरू १४ देखि ६० वर्ष उमेर समूहका छन्।
भरतपुर नगरपालिकाका विभिन्न ४ वडाका ४ पुरूष र ३ महिला तथा नवलपुर र रूपन्देहीका एकरएक जना पुरूषमा संक्रमण पुष्टि भएको छ।
Facebook Comments


























