चितवन, भदाै १९ । २० दिनकाे आइसाेलेसन बसाईपछि भरतपुर अस्पतालका दुई डाक्टर काेराेनामुक्त भएका छन्। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी र प्रसूति विभाग प्रमुख एवम् स्त्रीराेग विशेषज्ञ डा सुनिलमणि पाेखरेल शुक्रबार काेराेनामुक्त भएका हुन्। एकैदिन अस्पतालका विशिष्ठ डाक्टरमा काेराेना संक्रमण पुष्टि भएपछि तत्कालका लागि भरतपुर अस्पतालले सबै सेवा बन्द गरेकाे थियाे।
तीनदिनपछि पुनः नियमित सेवा दिएकाे अस्पतालका दुवैजना डाक्टर शुक्रबार एकैदिन काेराेनामुक्त भएका हुन्। संक्रमणमुक्त भएपछि छिट्टै नै भरतपुर अस्पताल र कोभिड-१९ का बिरामीको उपचार तथा व्यवस्थापनमा सक्रिय हुने डा तिवारीले बताए। सुनाैं काेराेनामुक्त भएपछि अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा तिवारीका बीस दिनकाे आइसाेलेसन बसाईकाे अनुभवः
Facebook Comments


























