भदौ १९ । बेलायतको केन्टमा रहेको एक औद्योगिक भवनमा शुक्रवार विशाल आगलागी हुँदा आगोको मुश्लो आकाशमा निकै माथिसम्म उचालिएको देखिएको छ।
दुईवटा विस्फोटपछि ग्यासका बोतलहरू सयौं फीट माथि उडेको देखिएको प्रत्यक्षदर्शीहरूले बताए। दशवटा दमकल आगो निभाउन खटिएका थिए।
अग्निनियन्त्रकहरूलाई रोचेस्टर नजिक हूको भिकारेज लेनमा बिहान साढे ४ बजे बोलाइएको थियो। त्यहाँ आगोका लप्का र कालो धूवाँ देखिन्थ्यो।
मानिसहरूलाई उक्त क्षेत्रमा जान मनाही गरिएको थियो।
सामाजिक सञ्जालमा आगोको लप्का माथिसम्म उठेका तस्वीरहरू देखिएका छन्।
आगलागीमा परी ग्यास सिलिन्डरहरू पड्केको थाहा हुन आएको छ।
अहिलेसम्म हताहतीको खबर नआएको प्रहरीको कथन छ। एजेन्सी
Facebook Comments


























