संखुवासभा, भदौ १९ । आज बिहान संखुवासभामा भूकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाए अनुसार बिहान ७ः२० बजे ४ रेक्टर स्केलको भूकम्प गएको हो।
संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज, ताम्कु र पाथिभरा आसपास केन्द्रबिन्दू भएर भूकम्प गएको केन्द्रले जनाएको छ।
भूकम्पको झड्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको बताइएको छ।
भूकम्प मापन केन्द्रका अनुसार यसअघि बझाङ केन्द्र बनाएर गत भदौ ९ गते ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो।
Facebook Comments


























