सोलुखुम्बु, भदौ १८ । हाडनाता करणीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। महाकुलुङ गाउँपालिका २३ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।
एउटै आमाको पेटबाट जन्मिएका दाजु बहिनीले विवाह गर्न लागेको भन्दै आमाले प्रहरीमा उजुरी दिएकी थिइन।
आमाले आफ्ना छोराछोरीले विवाह गर्न लागेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनीहरु पक्राउ परेका छन्। बुधबार जिल्लाको महाकुलुङ गाउँपालिकाबाट २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीले यस्तो गल्ती गर्न लागेपछि आमाले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको छ।
प्रहरीका अनुसार दाजु बहिनीले प्रारम्भिक सोधपुछमा विवाह नै गर्न लागेको स्वीकार गरेका छन्। उनीहरुले विवाह गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमति मै शारीरिक सम्पर्क समेत गरेको प्रहरी सामु बताएका छन्।
Facebook Comments


























