काठमाडौं, भदौ १८ । नेकपा सचिवालय बैठक चार घण्टापछि सारिएको छ। गृहकार्य नपुगेको भन्दै ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेका लागि बैठक सारिएको एक सचिवालय सदस्यले बताए।
सचिवालय बैठकमा कार्यदलका सदस्यहरुलाई समेत सहभागी गराउने तयारी गरिएको छ। कार्यदलका संयोजक विष्णु पौडेल सचिवालय सदस्य भएकाले अन्य नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल र पम्फा भुसालललाई समेत राख्ने तयारी गरिएको छ।
पार्टी विवाद समाधान कार्यदल गत साउन ३० गते गठन गरिएको थियो।
Facebook Comments


























