चितवन, भदौ १८ । चितवन मेडिकल कलेजमा उपचाररत थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले जानकारी दिए।
यही भदौ ५ गते स्वासप्रस्वासमा समस्या भएपछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो। भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनको बुधबार राति १२:४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
योसँगै चितवनमा कोरोनाले मृत्यु हुनेको संख्या १८ पुगेको छ। मृतकमध्ये चितवनका १० जना, मकवानपुरका ४ जना, बारा, गोर्खा, कैलाली र नवलपसारी सुस्ता पूर्वका १/१ जना छन्।
Facebook Comments


























