चितवनमा थप १३ जनामा कोरोना भाईरस ( कोभिड १९) संक्रमण पुष्टि भएको छ।
चितवन मेडिकल कलेज (सिएमसी) को प्रयोगशालामा गरिएको परिक्षणमा २३ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको हो। थपिएका ३३ नयाँ स्रक्रमित मध्य चितवनका १३ जना छन्।
भरतपुरका ६ पुरुष र ४ महिला गरी १० जना, रत्ननगरका १ पुरुष, राप्तिका १ पुरुष र इच्छाकामना गाउँपालिकाका १ जना पुरुष गरी चितवनमा १३ जना संक्रमित थपिएका हुन् । यस्तै नवलपुरका ३ पुरुष र ५ महिला सहित ८ जना, दाङकी एक महिला र जनकपुरका एक पुरुष गरी २३ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको हो।

Facebook Comments


























