भदौ १७ । कोरोना भाइरसले अष्ट्रेलियाको तीन दशकको आर्थिक वृद्धिलाई रोकेको छ।
सन् २०२० को दोस्रो तीन महिना अर्थात अप्रिल देखि जुनसम्म अष्ट्रेलियाको अर्थव्यवस्थामा सात प्रतिशतले गिरावट आएको बीबीसीले जनाएको छ । यस्तै पहिलो तीन महिनामा ० दशमलव ३ प्रतिशतले गिरावट आएको थियो।
अष्ट्रेलियाको अर्थव्यवस्थामा सन् १९५९ पछि यो सबैभन्दा ठूलो गिरावट हो। लगातार दुई त्रैमासिकमा अर्थव्यवस्थामा संकुचन आउनुलाई मन्दी भनिन्छ। अष्ट्रेलियालाई बलियो अर्थव्यवस्था भएको देश मानिन्छ। जुन् २००८ को विश्वव्यापी मन्दीबाट पनि बचेको थियो।
यो वर्षको सुरुवातमा जंगलमा लागेको डढेलो र पछि कोरोनाको महामारीका कारण अष्ट्रेलियाको अर्थव्यवस्थामा गिरावट आएको जनाइएको छ। एजेन्सी
Facebook Comments


























