काठमाडौं, भदौ १६ । दोहाबाट आज भएको ३१ औं र ३२औं उडानबाट आज २९७ नेपाली स्वदेश फर्किएका छन्। उनीहरु कोरोनाबाट सिर्जित असहज परिस्थितिका कारण स्वदेश फर्किएका हुन्।
दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्स तथा हिमालय एयरलाइन्सबाट गरी जम्मा २९७ नेपाली स्वदेश फर्किएका हुन्।
आज दोहाबाट काठमाडौं उडेका दुवै उडानमा समावेश भएका सबैको कोरोना पीसीआर नेगेटिभ भएको प्रमाणपत्रसहित यात्रा गरेको दूतावासले जनाएको छ।
Facebook Comments


























