भदौ १५ । भारतको ओडिशामा भारी वर्षापछिको बाढीले कम्तिमा १७ जनाको मृत्यु भएको छ।
छत्तीसगढ, झारखण्ड र ओडिशामा भएको भारी वर्षापछिको बाढीले १७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
महानदीसहितका अरु नदीमा आएको बाढीले राज्यका २० जिल्लाका हजारौँ मानिस प्रभावित भएका छन्। बाढी र डुबानले कयौँका घरमा खाद्यान्न र सफा पानीको समेत अभाव भएको बीबीसी हिन्दीले जनाएको छ।
कटक, जाजपुर, केन्द्रपडा, खोर्धा, पुरी र भद्रक जिल्लामा जनजीवन प्रभावित भएको छ। बाढीपछि ३ हजार २५६ गाउँ प्रभावित भएका छन् भने ३४० वटा बस्तीमा यातायात टुटेको छ । ती क्षेत्रमा २ लाख ५० हजारभन्दा बढी विस्थापित भएको बताइएको छ।
Facebook Comments


























