चितवन, भदौ १५ । भरतपुर अस्पतालमा उपचारारत कोरोना संक्रमित एक वृद्धको आज मृत्यु भएको छ।
अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा।प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना संक्रमणले मृत्यु भएको हो।
भदौ २ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई श्वासप्रश्वासमा फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो।
उनको आज बिहान ७:२० मा मृत्यु भएको पौडेलले जानकारी दिए। योसँगै कोरोनाका कारण चितवनमा १३ जनाको मृत्यु भइसकेको छ।
मृत्यु हुनेमा चितवनका छ जना रहेका छन्। तीमध्ये एक जनाको घरमै मृत्यु भएको हो भने अन्यको अस्पतालमा मृत्यु भएको हो। रासस
Facebook Comments


























