भदौ १४ । स्वीडेनमा आयोजना गरिएको एक र्यालीमा कुरान जलाइएपछि व्यापक प्रदर्शन भएको छ। सोक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ।
गत शुक्रबार स्वीडेनको धुर दक्षिणपन्थी पार्टीका नेता रासमुस पालुदनको नेतृत्वमा प्रवासन नीतिको विरोधमा आयोजना गरिएको एक र्यालीमा कुरान जलाइएपछि विरोध सुरू भएको हो।
प्रदर्शनकारीहरूले स्वीडेनको माल्मो शहरमा सवारीसाधन र भवनहरूमा तोडफोड र आगजनी गरेपछि झडप भएका छन्।
सो क्रममा केही सुरक्षाकर्मी र कयौँ प्रदर्शनकारी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। एजेन्सी
Facebook Comments


























