काठमाडौं, भदौ १३ । नेपाल चिकित्सक संघले डा.गोविन्द केसीजस्तो मानवीय कार्यमा संलग्न जिम्मेवार चिकित्सकलाई घेरामा राख्ने, हिँड्न नदिनेलगायतका कार्य तत्काल रोक्न सरकारसँग माग गरेको छ।
संघले डा.केसीलाई बिना कुनै कारण सुरक्षाको घेरामा राख्ने, हिँड्डुल गर्न नदिने, नागरिकहरुसँग सम्पर्क गर्न नदिनेजस्ता अस्वाभाविक र गैरमानवीय कार्य भएकोले तत्काल रोक्न सरकारसँग माग गरेको हो।
संघका महासचिव डा.बद्री रिजालद्वारा जारी विज्ञप्तिमा संघका आजीवन रहेका डा.केसी आफू बसेको स्थानबाट बाहिर जान, हिँड्डुल गर्न सुरक्षाकर्मीको प्रयोग गरी रोकिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाइएको छ।
डा.केसीले चिकित्सा शिक्षा सुधारलगायतका विषयलाई उठाएर पटक–पटक अनशन बस्दै आएका छन्। तर राज्यले उनको माग सम्बोधन गरेका छैन।
Facebook Comments


























