वीरगञ्ज, भदौ १३ । पर्साको वीरगञ्जमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–१२ मुर्ली निवासी ६५ वर्षकी एक बृद्धा, वीरगञ्ज –१२ का वर्ष ४३ का एक पुरुष र वीरगञ्ज –२२ मनियारीका ३७ वर्षका पुरुष छन्।
नारायणी अस्पताल प्रशासनका अनुसार मनियारीका ३७ वर्षीय पुरुषलाई शुक्रबार राति पौने १२ थप उपचारका लागि काठमाडौं रिफर गरिएकोमा उनको शनिबार बिहान मुग्लिङनजिकै मृत्यु भएको छ।
यस्तै वीरगञ्ज–१२ का ४३ वर्षीय कोरोना संक्रमितको शुक्रबार राति ११ बजेर ५५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको छ। उनी हेपाटाइटीस बी र एचआईभी एड्सका पनि बिरामी थिए।
वीरगञ्ज १२ मुर्ली निवासी ६५ वर्षीया महिलाको पनि शुक्रबार साँझ साढे ५ बजे नारायणी अस्पतालमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिएका छन्। थप तीन जनाको मृत्यु भएसँगै पर्सामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३४ पुगेको छ।


























