चितवन । शुक्रबार गरिएकाे परीक्षणबाट चितवनमा थप १४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। भरतपुर अस्पतालले दिएकाे जानकारीअनुसार भरतपुर महानगरपालिकाका ६ जना महिला र ६ जना पुरुष र रत्ननगर र इच्छाकामनाका एक/एक जना पुरुष गरी १४ जनामा संक्रमण पुष्टि भएकाे हाे। चितवनबाट परीक्षणका लागि धुलिखेल परीक्षण प्रयाेगशालामा पठाएकाे २३६ वटा नमुनामध्ये १४ जनामा संक्रमण पुष्टि भएकाे भरतपुर अस्पतालले जनाएकाे छ।

Facebook Comments


























