चितवन, भदौ १२ । चितवन मेडिकल कलेज (सिएमसी) मा उपचाररत एक कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु भएको छ। हेटौंडा १९– की ७१ वर्षीय महिलाको बिहान मृत्यु भएको हो।
स्वासप्रश्वास सम्बन्धी समस्याका कारण भदौ ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि आएकी महिलाको भदौ ८ गते संक्रमण पुष्टि भएको थियो। उनको सघन उपचार कक्षमा उपचारका क्रममा आज विहान ६ बजेर ५० मिनेटमा मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए।
योसहित हेटौंडाको मात्रै कोरोना संक्रमितको मृत्यु संख्या ५ पुगेको छ। यस अघि तीन जनाको चितवनमा उपचारको क्रममा र एक जनाको हेटौंडामै मृत्यु भएको थियो।
Facebook Comments


























