काठमाडौं, भदौ ११ । मेडिकल शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले आफ्ना माग पूरा गराउनका लागि सरकारलाई दबाब दिनका लागि बस्न लागेको अनसनको मिति एक साताका लागि स्थगित भएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै डा केसीले प्रशासनको विशेष आग्रहमा एक साताका लागि अनसुन स्थगित गरेको जानकारी दिएका हुन्।
विभिन्न माग राखी डा.केसीले भाद्र ११ गतेदेखि सत्याग्रह गर्ने घोषणा गरेका थिए। ‘स्थानीय प्रशासनको विशेष आग्रहमा सत्याग्रहलाई एक साता पछि सार्ने निर्णय गरेका छौ,’ डा.केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सरकारले आफूहरूसित गरेको सम्झौता कार्यान्वयन गर्न तथा जायज माग पूरा गर्न सरकारले कोरोना महामारीको वहाना बनाइरहेको आरोप समेत उनले लगाएका छन्। अर्बौं भ्रस्टाचार र घोटाला गर्न तथा सत्तारुढ दलका नेताहरुबीच कुर्सीका लागि हानथाप गर्न महामारीले नछेकेको तर आफूहरूका मागप्रति सरकार संवेदनशील नभएको आरोप लगाइएको छ।
उनले आफू आफू बसेको स्थलबाट बाहिर जान प्रहरी र सशस्त्र प्रहरी लगाएर बलपूर्वक रोकिएको समेत बताएका छन्।


























