मुम्बई, भदौ १० । भारतीय रियालीटी शो बिगबोसको १३ औं सिजन हिट भएको थियो। त्यसैले सन् २०२० को बिगबोसको सिजन पनि सफल र हिट बनाउन यसका निर्माता लागि परेका छन्। उनीहरु टेलिभिजन दुनियाँका ठुलाठुला स्टारलाई सहभागि गराउन प्रयाशरत छन्।
यसैबिच बिगबोस फ्यान क्लबमा एक समाचार फैलिएको थियो। जसमा बिगबोसको आगामी सिजन १४ का लागी टेलिभिजन दुनियाँकी सर्वाधिक चर्चित स्टार जेनिफर विंगेट ल्याइने चर्चा थियो। तर उनका फ्यानका लागी दुखद कुरो उनल यस शोमा भाग लिन अस्विकार गरीन्।
भारतीय मिडियाका अनुसार जेनिफरलाई बिगबोसको १४ औंको हिस्सा बनाउन यसका निर्माताले ठुलो रकम अफर गरेका थिए। उनलाई बिगबोसमा सहभागिताका लागी बिगबोस निर्माताले ३ करोडको अफर गरेका थिए। तर जेनिफरले यो शो गर्न अस्विकार गरीन्।
यसअघि पनि जेनिफरलाई शोमा सहभागिता गराउनका लागी बिगबोस निर्माताले कैयौं पटक अफर गरेका थिए। तर हरेक बर्ष उनले यसलाई अस्विकार गरिरहिन्। एजेन्सी


























