काठमाडौं, भदौ ८ । आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दा २१.२६ अंकले बढेको छ।
नेप्से परिसूचक ४ घण्टाको अन्तिम सम्म आउँदा १.५१ प्रतिशतले उकालो लागेको छ।
आज ११ बजे १४१३.१० को बिन्दुबाट सुरु भएको कारोबार ३ बजेसम्म आइपुग्दा १४३१.६० को बिन्दुमा पुगेको छ।
त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्ये एउटा उपसमुह ओरालो लागेको छ।
अहिले कारोबार भईरहेका १८२ कम्पनीको ४९ लाख २४ हजार २८९ कित्ता शेयर २७ हजार ५६६ पटक खरिद विक्री हुदाँ २ अर्ब १३ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
यस्तै कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका कम्पनिकमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले ३ लाख १५ हजार ३२१ कित्ता शेयर २ हजार ९१९ पटक खरिद विक्री हुदाँ १९ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
Facebook Comments


























