डोल्पा, भदौ ८ । जंगली च्याउ खाँदा डोल्पाको ठूलीभेरी नगरपालिकामा ४ जना गम्भीर बिरामी भएका छन्।
आइतबार साँझको खानासँगै जंगली च्याउ खाएका ठूरीभेरी नगरपालिका–७, का ३३ वर्षका उत्तमबहादुर शाही, ३१ वर्षका सुर्यबहादुर साही, वडा नम्बर ८ का ३३ वर्षका कमलबहादुर शाही र वर्ष ४४ को सत्यबहादुर शाही गम्भीर बिमारी परेका प्रहरीले जनाएको छ।
आइतबार साँझ नै उनीहरु बिरामी परे पनि प्रहरीले सोमबार विहानमात्र खबर पाएको थियो। ‘आज विहान खबर आएपछि प्रहरी चौकी मागफाल प्रहरी सहायक निरीक्षक कृष्ण तिरुवाको कमाण्डमा ७ जनाको टोलि घटास्थलतर्फ गएको थियो, त्यहाँ पुग्न ३ घण्टा पैदल हिड्नु पर्छ’ डोल्पाका प्रहरी प्रमुख डीएसपी नारायण रञ्जितकारले भने, ‘त्यसपछि सहजीकरण भयो अहिले हेलिकप्टरबाट उद्दार गरिएको छ ।’
पहिलो खेपमा सिम्रिक एयरको हेलिकप्टरले ३ जनालाई सुर्खेत ल्याएको छ। उनका अनुसार एक जनालाई भने नेपालगञ्ज पठाउने तयारी छ।


























