काठमाडौं, भदौ ८ । भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अहिले मुलुकका विभिन्न ५ प्रदेशमा वर्षा भइरहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश स्थानमा बदली भइ विभिन्न प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ।
बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत सामान्य प्रभाव रहेकाले आज दिउँसो केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको पूर्वानुमा गरिएको छ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
राति पनि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ।
Facebook Comments


























