काठमाडौं, भदौ ७ । उपत्यकामा जारी निषेधाज्ञासँगै तरकारीको मूल्य पनि बढेको छ। कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयले बधुबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेका छन्। यससँगै उपत्यकाबाहिरबाट आउने तरकारी सहज रुपमा काठमाडौं छिर्न नपाएका कारण मूल्य बढ्न थालेको हो।
केही दिन अगाडिसम्म प्रतिकेजी ५० देखि ६० रुपैयाँसम्मा पाइने गोलभेडा अहिले १ सय देखि १ सय २० रुपैयाँसम्म पुगेको छ। यसैगरी हरियो फर्सी १ सय २०, भिँडी १ सय, घिरौला १ सय तथा आलु प्रतिधार्नी २ सय २० रुपैयाँसम्म पुगेको छ।
कालीमाटी थोक बजारमै गोलभेंडा ९सानो० को मूल्य २९ प्रतिशत, प्याज सुकेको २१ प्रतिशत र मुला २० प्रतिशतसम्म बढेको छ।
Facebook Comments


























