चितवन, भदौ ६ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक पोथी गैँडा मृत अवस्थामा भेटिएको छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी चार पाँच बर्षको पोथी गैँडा किङफिसर घाँट भन्ने ठाँउमा मृत अबस्थामा भेटिएको हो।
निकुञ्जको नियमित गस्ती टोलीले गैँडा मृत भेटेको थियो। गैँडा घोलमा भाँसिएर मरेको हुनसक्ने निकुञ्जले जनाएको छ। थप अनुसन्धान भैरहेको निकुञ्जको भनाइ छ।
Facebook Comments


























