सोल, भदौ ६ । दक्षिण कोरियाले कोरोना भाइरसका कारण देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ। कोरोनाभाइरसको संक्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरुमा देशभरी निषेधाज्ञा जारी गरिएको अधिकारीहरुले जनाएका छन्।
सरकारले भेला हुन, रात्रीकालिन गतिविधिहरु गर्न, चर्च, खेलकुद तथा अन्य भिडभाड हुने ठाउँहरुका गतिविधिहरुमा रोक लगाइएको छ। स्वास्थ्य मन्त्री पार्क नेउङ हुले शनिवारदेखि यस्ता गतिविधिहरुमा देशभरी नै रोक लगाइएको जानकारी दिएका हुन्।
दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण शनिवार थप ३३२ जनामा देखिएको पनि उनले बताए। नयाँ थपिएका संक्रमित मध्ये अधिकांश राजधानी सोल महानगरपालिका भित्र नै देखिएको पाइएको छ। दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमितको संख्या पछिल्लो समय थप बढ्दै गएको पाइएको छ।
संक्रमण राजधानी बाहेक देशका अन्य ठूला शहरहरुमा पनि देखिएको स्वास्थ्य मन्त्री हुले जानकारी दिए। कतिपय प्रतिवन्धात्मक व्यवस्थाहरु भने सरकारले यसअघि पनि लागू गरिसकेको छ। अहिले त्यसमा केही थप प्रतिबन्धहरु लगाइएको हो। रासस


























